बाग्मती प्रदेश सभाको हिउँदे अधिवेशन राति १२ बजेदेखि अन्त्य हुँदै 

 काठमाण्डौँ - बाग्मती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन आज बुधवार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले भरे मध्यरातदेखि प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । 

यस्तै बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारी र युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।