एलओडी क्लब प्रकरणमा कर्मचारीविरुद्ध मुद्दा, सञ्चालकलाई उन्मुक्ति

काठमाडौँ - ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई, कर्मचारी सपना ढुंगाना र प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठविरुद्ध बालबालिकाविरुद्धको कसूरमा मुद्दा दर्ता भएको हो ।

उनीहरुमध्ये सेढाईँ र ढुंगाना प्रहरी हिरासतमा छन् । श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा लगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरले गरेको जबरजस्ती करणीसम्बन्धी अनुसन्धानका क्रममा क्लबमा नाबालिगलाई प्रवेश गराएको खुलेपछि प्रहरीले दुई सञ्चालकलाई पक्राउ गरेको थियो ।