राष्ट्रिय अनुसन्धानका इन्सपेक्टर साह मृत फेला

सर्लाही - राष्ट्रिय अनुसन्धान विभाग मलंगवामा कार्यरत प्रहरी निरीक्षक इन्सपेक्टर वसन्त साह मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–६, निवासी साह फूलजोर–त्रिभुवननगर सडक अन्तर्गत खोरिया टोल नजिकै रहेको पुलमुनी मृत फेला परेका हुन् ।

घटनास्थलमा दुर्घटनाग्रस्त अवस्थामा बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल समेत भेटिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनास्थलको प्रकृति मुचुल्का संकलन भइरहेको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।