सुरक्षा दिने प्रहरी नै सम्पर्कविहीन, २२ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं - नेपाल प्रहरीका एकजना प्रहरी हवलदार, ५ जना प्रहरी सहायक हवलदार र १६ जना प्रहरी जवान गरी २२ जना प्रहरी सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरीले सम्पर्कविहीन बनेका २२ जनालाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका २२ जना प्रहरीलाई सात दिन भित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

सूचनाको ख्यान नगरी निर्धारित समयभित्र स्पष्टिकरणसहित उपस्थित नभएको अवस्थामा प्रहरी सेवाबाट हटाइने कार्यलयले निकालेको सूचनमा उल्लेख छ ।