कतार पठाउँछु भनेर ठगेको आरोपमा एक जना पक्राउ

कतार पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको मलंगवा घर भएर काठमाडौँ बस्ने ३१ वर्षीय खालिक खान छन् ।

आरोपीलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर–१५ स्थित तिनथानाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । उनले १ जना पीडितसँग ८० हजार ठगेका हुन् । प्रहरीले उनलाई वैदेशिक रोजगार विभागमा बुझाएको छ ।