एसियाली खेलकुदको लागि सन्दीप आज चीन जाँदै

एसियाली खेलकुदको लागि नेपाली राष्ट्रिय टोलीका प्रमुख बलर सन्दीप लामिछाने आज मङ्गलबार चीन जाने भएका छन् ।

आफ्नो मुद्दाको फैसला नभएसम्म खेल्न नसक्ने अवस्थामा रहेको बताएका सन्दीपलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले सम्झाई बुझाई गरेका थिए । त्यसपछि सन्दीप चीन जान राजी भएका हुन् । सन्दीप विहान १२ बजेको सिचुआन एअरको उडान मार्फत हान्जाउ जाने तालिका रहेको छ ।