गैरहाजिर २६ प्रहरीलाई स्पष्टिकरणसहित उपस्थित हुन हेडक्वाटरको निर्देशन

प्रहरी प्रधान कार्यालय (हेडक्वाटर)ले लामो समयदेखि गैरहाजिर भएका दुई हवल्दारसहित २६ प्रहरीलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। आइतबार गोरखापत्रमा सार्वजनिक सूचना निकालेर कार्यालयले भदौ २८ देखि कात्तिक २ गतेभन्दा पछाडि गैरहाजिर भएका हवल्दारदेखि कार्यालय सहयोगीसम्मलाई स्पष्टिकरणसहित उपस्थित हुन निर्देशन दिएको हो।

उनीहरूलाई बाटाको म्यादबाहेक मंसिर १७ गतेसम्मको समय दिइएको छ। यदि उक्त समयभित्र कार्यालयमा उपस्थित भई सन्तोषजनक स्पष्टिकरण नदिएमा सेवाबाट हटाइने सूचनामा उल्लेख छ। पछिल्लो समय प्रहरीको तल्लो तहका कर्मचारीहरुले जागिर छाड्ने क्रम ह्वात्तै बढेको छ। 

facebook sharing button