साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ - भारतमा जारी १४ औ साफ च्याम्पियनसिप फुटबलमा मंगलबार नेपाल र पाकिस्तान भिड्दैछन् ।

यो खेल बैंग्लारको श्री कान्तिराभा रंगशालामा अपरानह पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तानको लागि मंगलबारको खेल प्रतिष्ठाको लडाइ बनेको छ ।

दुबै टोली सान्तोना जितसहित साफ च्याम्पियनसिप टुंग्याउन चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई कुवेतले ४–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतले २–० ले पराजित गरेको थियो । मंगलबारै हुने दोस्रो खेलमा आयोजक भारतले कुवेतको सामना गर्नेछ ।

लगातार दुई खेल जितेका भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।