क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सको वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित

काठमाडौँ - विश्वकप छनोट क्रिकेटमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सोमबार जिम्बाब्वेको हरारेमा नेदरल्यान्ड्सले  वेस्ट इन्डिजविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो ।

सोमबारको खेल सकिएसँगै समूह ए का सबै खेल सकिएका छन् । समूह ए मा आयोजक राष्ट्र जिम्बाब्वे ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेदरल्यान्ड्स ६ अंकसहित दोस्रो स्थानमा रहँदा वेस्ट इन्डिज ४ अंकसहित तेस्रो स्थानमा रह्यो । यस पटक वेस्ट इन्डिजले जिम्बाब्वेसँग पनि हार बेहोरेको थियो । वेस्ट इन्डिजले नेपाल र अमेरिकाविरुद्ध मात्र जित हात पारेको हो ।