नेपाल साफ फुटबल प्रतियोगितामा सान्त्वना, आशिषको डेब्यु गोल

काठमाडौँ - नेपालले साफ फुटबल प्रतियोगितामा सान्त्वना भएको छ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।

नेपालका लागि ८०औँ मिनेटमाआशिष चौधरीले गोल गरे । आशिषको यो नेपालको लागि डेब्यु गोल हो । चर्च ब्वाइज युनाइटेडलाई ‘ए’ डिभिजन लिगको उपाधि जिताउन पनि उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यससँगै नेपालले साफमा अंकविहिन हुनुबाट जोगिएको छ। साफमा यो नेपालको पहिलो जित हो ।