आजको शेयर बजार ५६.९४ अंकले बढ्यो, ५ अर्ब ४७ करोड माथिको कारोबार

काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले बढेर ४१२.५१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७५ कम्पनीको १ करोड ३१ लाख ०७ हजार ८० कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।