सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल असार अन्तिममा हुने 

 काठमाडौँ - नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।

नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार उक्त प्रतियोगिता आगामी असार २३ देखि ३० गतेसम्म आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब काठमाडौँ, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल सङ्घ र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप गरी आठ टोलीको सहभागिता रहनेछ ।