तीन महिनामा १४ हिमाल आरोहण : हरिला र शेर्पाको कीर्तिमान

काठमाडौँ - नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन लामा शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका छन् ।
हरिला र शेर्पाले पाकिस्तानमा रहेको केटु हिमालको आज बिहान १०ः४५ बजे सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जानकारी दिएको छ ।

उक्त हिमालको सफल आरोहणसँगै क्रिष्टिन र तेन्जेनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल तीन महिनामा सफल आरोहण गरेको कम्पनीको भनाइ छ ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्गा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम– १, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।