विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा २ जनाको मृत्यु

काठमाण्डौँ - विषालु च्याउ खाँदा पूर्वी नवलपरासीमा एकै परिवारका दुई महिलाको मृत्यु भएको छ ।  बौदीकाली गाउँपालिका –६ का ९२ वर्षीय लिला आले र ६६ वर्षीय उमाकुमारी आलेको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश ओझाका अनुसार ५ दिनअघि उनीहरूले जंगलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएपछि नरमको माल्डाँडा गाउँका एकै परिवारका लिला आले, कुलमान आले मगर, उमा कुमारी आले, ललिता आले मगर, तारा आले र छिमेकी खगिसरा सिंजाली बिरामी परेका थिए ।