मनसुनजन्य विपद् : बाढी–पहिरोबाट ३१ जनाको मृत्यु, २४ बेपत्ता

, काठमाण्डौँ - यस वर्षको मनसुनजन्य विपदबाट हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार बुधबारसम्म यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन् ।

९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ । महाशाखाका अनुसार बाढी(पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। गत असार पहिलो साता आएको बाढीबाट त्यहाँ ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन् ।

ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको तथ्यांक छ। त्यहाँ ३ जना अझै बेपत्ता छन् । पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन् ।