फिदिम दुर्घटनामा थप एक जनाको मृत्यु, मृतकको संख्या ३ पुग्यो

पाँचथर - पाँचथरको फिदिम नगरपालिका–२ मा दुई दिनअघि भएको सवारी दुर्घटनामा परेकी ताप्लेजुङ मिक्वाखोला–५ पापुङकी इसेटिमा शेर्पाको बिहीबार बिहान मृत्यु भएको छ । उनको मृत्यु भएसँगै उक्त दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुको संख्या ३ जना पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

शेर्पाको झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मिलन थापाले बताए । आईसियुमा उपचाररत उनलाई चिकित्सकले बिहीबार बिहान साढे एक बजे मृत घोषणा गरेका हुन् ।