एशियन कम क्रिकेटमा नेपाल मंगोेलियाविरुद्ध २७३ रनले विजयी, नेपाली खेलाडीको नाममा विश्व किर्तिमान नै किर्तिमान

१९औं एसियाडमा नेपालले बुधबार बिहान मंगोलियाविरुद्ध खेल्यो। आईसीसी वरीयतामा समावेश नभएको देशविरुद्ध खेल्दा नेपालले चीनको हाङभाओस्थित क्रिकेट मैदानमा कीर्तिमानै कीर्तिमान बनायो।

नेपालले यो मैदानमा सबैभन्दा छिटो शतक र अर्धशतक, सबैभन्दा उच्च स्कोर तथा सबैभन्दा बढी रनले जित्ने देशको विश्व कीर्तिमान कायम गर्यो। टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालका लागि सबैभन्दा पहिलो विश्व कीर्तिमान कुशल मल्लले बनाए।

उनले ३४ बलमा शतक बनाएर सबैभन्दा छिटो शतक बनाउने खेलाडीको सूचीको पहिलो स्थानमा आफ्नो नाम लेखाए। यसअघि टि–२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो।

भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए। दोस्रो कीर्तिमानको रुपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने। उनले ९ बलमा अर्धशतक बनाउँदै रेकर्ड कायम गरे।

ऐरीले १९औं ओभरमा लगातार पाँच छक्का हानेका थिए। दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरे। दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन्। यस्तै नेपालले टी–२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर बनाएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो।

यो टि–२० इतिहासकै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए। यस्तै नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेसँगै सबैभन्दा ठूलो अन्तरले जित्ने टिमको विश्व कीर्तिमानसमेत बनायो। यसअघि यो रेकर्ड चेक रिपब्लिकको नाममा थियो। उसले टर्कीलाई २५७ रनले पराजित गरेको थियो।