१९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल भारतसँग पेनाल्टी शुटआउटमा पराजित

१९ वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल पेनाल्टी शुटआउटमा भारतसँग ३–२ गाेलले पराजित भयाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

यो सँगै भारत फाईनल प्रवेश गरेको छ । अब भारतले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।