आज शेयरबजार दोहोरो अंकले घट्यो

साताको दोस्रो दिन सोमबार शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार ४७ अंकले बढेको बजार आज ११।२७ अंकले घटेर १ हजार ८ सय ९६। ६७ को बिन्दुमा पुगेको छ । 

आज २९० कम्पनीको सेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ४७ लाख बढीको कारोबार भएको छ । जसमध्ये सोनापुर मिनरल्सको सबैभन्दा बढी ७ करोड ७७ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने दोस्रो बढी कारोबार हुने रिलायबल नेपाल लाईफको ७ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार आज ६१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२  कम्पनीकोे घटेको छ र ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । यसदिन अपर स्याङ्गे हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको प्रतिकित्ता शेयर मुल्य ३१ रुपैयाँ ६० पैसाले बढेर ३४७ रुपैयाँ पुगेको छ । यसदिन स्वाभिमान लघुवित्तको शेयर मुल्य सर्वाधिक ८.०४ प्रतिशतले घटेको छ ।