चन्द्रागिरि नगरपालिका वडा नं २ का अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचार आरोपमा दोषी ठहर

चन्द्रागिरि नगरपालिका वडा नं २ का अध्यक्ष भाइकृष्ण तामाङ भ्रष्टाचार आरोपमा दोषी ठरिएका छन् । वडा नं २ मा उद्योग स्थान्तरण गर्न र विद्युत लाईन जडानको सिफारिसका लागि बिचौलिया मार्फत ४ लाख रुपैयाँ घुस मागेको उनिमाथी आरोप थियो । उजुरीकर्ताले अध्यक्ष तामाङले ललितपुर महानगरपालिका वडा नं २२ मा रहेको पी.थ्री प्रोडक्टस् र भिष्ठा आईकोनिक प्रोडक्सन प्रालिको स्थानान्तरणको लागि घुस मागेको दाबी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उक्त घुस रकम चन्द्रागिरि नगरपालिकाको हाताबाट बिचौलिया मार्फत रङ्गेहात पक्रेको थियो । उनी विरुद्ध उजुरी गर्ने उर्मिला पाण्डेले व्यवसायिक साझेदार शेषनारायण अधिकारीसँगको अडियो तथा भिडियो रेकर्ड प्रमाणस्वरूप पेश गरेकोमा विशेष अदालतले कसुर ठहरिएपछी तामाङलाई दोषी करार गरेको हो । यसअघि उनलाई अदालतले ६ महिना कैद र चार लाख रुपैयाँ बिगो र जरिवाना तोकेको थियो ।