आजको शेयर बजार : ३५.३७ अंकले घटेर नेप्से राताम्मे, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।