अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु भयाे कि ?

काठमाडौँ - अप्पर स्यांगे हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।  आज बैंकिंग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउने छन्।

कम्पनीले सर्वसाधारणका लागि असार १० गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्बसाधारणको लागि जारी गर्ने भनेर छुटाईएको ६ करोड ५० लाख रुपैयाँबराबरको आईपीओमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।