अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ - अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

तामाङ् समुदायको विवाहलाई लिएर उनले दिएको अभिव्यक्तिले उनी विवादित बनेको थियो । उनको अभिव्यक्तिविरूद्व संसदमासमेत आवाज उठेको थियो ।

प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।