बर्षाका कारण आजका प्रमुख १० समाचार :

बर्षाका कारण आजका प्रमुख १० समाचार :

१ - झरीका कारण झापामा स्थानीय खोलामा आएको बाढीले बनाउँदा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२ - काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्।

३ - अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो ।

४ - बल्खु खोलामा एकजनाको शव भेटियो, नख्खु खोलामा फसेका ३० जनाको उद्धार

५ - अविरल वर्षासँगै आएको बाढी र डुबानका कारण मोरङ जिल्लामा एक सय बढी परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदामा एक सय बढी परिवार विस्थापित भएका हुन् ।

६ - अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ ।

७ - काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता, २ जनाको मृत्यु

८ - त्रिशूली नदीले ३ टिपर र २ एक्साभेटर बगायो

९ - लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही मुख्य सडकखण्डको सवारी आवागमन प्रभावित भएको छ । जसअन्तर्गत तीनकुने, गैरीगाउँ वरिपरी, युएनपुल, टेकु स्थित विष्णुमती करिडोरको बाटो, माइतीघर, नयाँबाटो, ग्वार्को, ईमाडोल सडकखण्ड, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल सडकखण्डको सवारी आवागमनमा प्रभाव परेको हो । पहिरोका कारण विभिन्न नाका हुँदै सञ्चालन हुने सवारी साधन पनि चल्न सकेका छैनन् ।

१० - सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए, दुवैतर्फ रातो बत्ती