भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

 भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी भएको छ । जितसँगै अस्ट्रेलिया क्लिन स्वीप हुनबाट जोगिएको छ । तीन खेलको शृङ्खला भारतले एक खेल अगावै जितेको थियो । हिजो भएको तेस्रो खेलमा भारत ६६ रनले पराजित भयो ।

जितको लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ४ बलमा २ सय ८६ रनमा अलआउट भयो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८१ रन बनाए ।

त्यस्तै, विराट कोहली ५६ रनमा आउट भए । श्रेयस ऐरले ४८ रन जोडे । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले सर्वाधिक ४ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए । त्यसअघि राजकोटमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

अस्ट्रेलियाका मिचेल मार्शले सर्वाधिक ९६ रन बनाए । स्टिभ स्मिथले ७४, मार्नस लाबुसेनले ७२ र डेविड वार्नरले ५६ रन जोडे । भारतका जस्प्रित बुमराहले ३ तथा कुलदीप यादवले २ विकेट लिए । भारत पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ९९ रनले विजयी भएको थियो ।