समाचार हुबहु लेख्ने १८३ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं। पछिल्लो डेढ बर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरी अन्तरगत प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै गत बर्षयता हालसम्म अनलाइनले समाचार हुबहु चोरी गरी लेख्ने ( कपी पेस्ट गर्ने ) १८३ अनलाइन सञ्चार माध्यम तथा वेबसाईटपोर्टललाई कारबाही गरेको जनाएको हो। 

काउन्सिलको कारबाहीमा परेकामध्य १४३ अनलाइन सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराएको विज्ञप्तिमा जनाएको छ । स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो गल्ती कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियोे । मिडियाका रूपमा दर्ता / सूचीकरण नभएका २९ वटा

वबपोर्टललाई आवश्यक कारबाहीको लागि नेपाल दूरसञ्चार प्राधिकरणमा लेखी पठाएको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ।