चट्याङ लागेर सर्लाहीमा भैंसीसहित किसानको मृत्यु

सर्लाही - सर्लाहीको बलरामा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका स्थानीय एक किसानको मृत्यु भएको छ । चट्याङबाट एउटा भैंसीसमेत मरेको छ ।

बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा चट्याङ लागेर मृत्यु भएको हो । सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङले भैंसीसमेत मरेको छ ।