लागुऔषध चरेससहित बाजुरामा एक महिला पक्राउ

बाजुराको सदरमुकाम मार्तडीस्थित गौडाबाट गएराति लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गौमूल गाउँपालिका घर भई हाल मार्तडीमा बसोवास गर्दै आएकी ३७ वर्षीया मागी धामी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार घरभित्र लुकाइछिपाइ चरेस राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५८.२ ग्राम लागुऔषध चरेसजस्तो देखिने कालो पदार्थ फेला पारेको हो। लागुऔषध चरेसजस्तो देखिने पदार्थसहित महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।