क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ७ जना पक्राउ

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक निर्मल थापाको टोलीले सात जनालाई पक्राउ गरेको हो।

अवैध रूपमा क्रिप्टोकरेन्सी बिटकोइनमार्फत जुवा, मिल्किवे, गेमभल्ट, फायरकिरिन, भेगास स्विप्स, अरियन स्टार्स जस्ता खेल खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा प्रहरी निरीक्षक थापाको टोलीले अनुसन्धान गरी ७ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिराहाका मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिशकुमार रौनियार, रोशन चौधरी जैसवाल, शिवमकुमार यादव र हरिशंकर चौधरी छन्। यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।