काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका हुन् ।
उनले बजेटले सङ्कट दर्शाएको भए पनि सङ्कटको समाधान केही पनि नदिने बताए । उनले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।