एक क्वीन्टल सुन प्रकरण : ठमेलको होटल भियनाका सञ्चालक पक्राउ

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको एक क्वीन्टल बढि सुन प्रकरणमा ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागले छिरिङलाई आज पक्राउ गरेको हो । सुन प्रकरणमा उनको संलग्नता देखिएको विभागको दाबी छ । उनी नेपाली मूलका बेल्जियम नागरिक हुन् ।

विभागले होटलबाट सिसिटिभी फुटेज, कम्प्युटरहरू पनि जफत गरेको छ ।