हवाई टिकटमा मूल्य अभिवृद्धि : सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ - हवाई टिकटमा मूल्य अभिवृद्धि कर भ्याट लगाइएको विषयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सरकारको निर्णयविरुद्ध बिहीबार उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै सर्वोच्च अदालत पुगेका ३ हजारभन्दा बढी ट्राभल तथा टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सु नाट्टाको रिटमा आइतबार न्यायाधीश अनिलकुमार सिन्हाले अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।