बागमती प्रदेशको एमाले अध्यक्षमा कैलाश ढुंगेल

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा अर्का प्रत्यासी कृष्णप्रसाद दाहाललाई २५७ मतले पछि पार्दै ढुंगेल अध्यक्षमा विजयी भएका हुन् ।

ढुङ्गेल ६९६ मत पाएर विजयी हुँदा दाहालले ४३९ मत पाएका छन् ।