नेपाली खेलकुदको प्रबर्द्धनको लागि अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरे अनुसार पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको छ। बलिंगतर्फ कुल २ लाख ९४ हजार र ब्याटिंग तर्फ कुल ३ लाख ८२ हजार गरि कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो ।
अर्ना वियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार खेलाडीहरुले कुल ६ लाख ७६ हजार पाउने भएका हुन्। जस अनुसार कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन् ।
गत भदौमा भएको एसिया कप क्रिकेटमा पनि अर्ना बियरले चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो ।
हेर्नुस् कुन खेलाडीले कति पाउछन् ?
कुशल भुर्तेल - १ लाख ९४ हजार (७४ रन, ८ चौका , २ छक्का)
आशिफ शेख : ६७ हजार (२७ रन, २ चौका , १ छक्का)
रोहित पौडेल : ९५ हजार (३५ रन, २ चौका , २ छक्का)
कुशल मल्ल : २६ हजार (६ रन, ० चौका , १ छक्का)
करण केसी : ६१ हजार ( ११ डट बल , ० मेडन, २ विकेट)
सोमपाल कामी : १३ हजार ( १३ डट बल , ० मेडन, ० विकेट)
अविनाश बोहरा : ९४ हजार ( ९ डट बल , १ मेडन, ३ विकेट)
सन्दिप लामिछाने : ६३ हजार ( १३ डट बल , ० मेडन, २ विकेट)
गुलशन झा : ६३ हजार ( १३ डट बल , ० मेडन, २ विकेट)