१७ हजार रुपैयाँ घुस सहित पर्यटन विकास आयोजना इकाई कार्यालयका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल घुससहित पक्राउ

काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ परेका छन् । पर्यटन विकास आयोजना इकाई कार्यालयका सव–इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल शुक्रबार पक्राउ परेका हुन् । 

निर्माण कार्य सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि उनीहरुले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । 

सोही आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले निज दुबै जनालाई १७ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरुकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।