साउन २९ गतेदेखि अनसन सुरु गर्ने गोविन्द केसीको चेतावनी, के-के छन् मागहरु ? 

काठमाडौँ - चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केसीले सिटिइभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न र दोषी पदाधिकारीलाई बर्खास्त गर्न तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति नबनाए साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् ।

साथै उनाले सरकारी स्वास्थ्य संस्थाहरुवाट निशुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाईका साथ लागु गर्ने लगायत २०७९ असोज आठ गते तथा विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरेका छन् ।