मकवानपुरमा मोटरसाइकल ट्रकमा ठोक्किदा दुई जनाको मृत्यु 

मकवानपुर - मकवानपुरको मनहरी-९ ज्यामिरमा सवारी दुर्घटना हुँदा गएराति दुईजनाको ज्यान गएको छ ।

बिग्रिएर रोकि राखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक मनहरी(९ बस्ने २२ वर्षीय शम्भु गिरी र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय सुशिल गिरीको मृत्यु भएको हो ।