भैँसी नुहाउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

काठमाण्डौँ - सप्तरीमा भैसीलाई नुहाउन पोखरीमा गएकी दुई बालिकाको डुबेर मृत्यु भएको छ।

आइतबार दिउँसो जिल्लाको बोदेबर्साइन नगरपालिका-३ बस्ने महादेव साहको पोखरीमा डुबेर सोही नगरपालिका १ धनगढीका विध्यानन्द साहको ८ वर्षीया छोरी किरन साह र वडा नं ६ फुलकाहीका धनराज साहको ८ वर्षीया छोरी शिवानी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भैँसीलाई पोखरीमा नुहाउन जाने क्रम्मा पोखरीमा डुबेर दुवै जनाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
घटना स्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।