images

उपसभामुखलाई हेप्ने काम भयो : उपसभामुख राना

काठमाडौं - उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहीबार संसद् भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उपसभामुखलाई 'उप/चुप' जस्ता वाक्यांश प्रयोग गरेर हेप्ने गरेको बताएकी हुन्।

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट सो कुराबारे जानकारी पाएको उनको भनाइ छ । उनले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनैमाथि जाने भएको बताए ।

संसद्‍मा महिला सांसदले जनताका समस्यालाई गुञ्जायमान गर्नुपर्ने धारणा उनले राखिन्। उपसभामुख रानाले सांसद काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताए ।

उनले भने, ‘‘मैले केही गाउँ भिजिट गरेँ । उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीको उपलब्धता छैन, यस्ता विषय सदनमा गुन्जियोस्, सांसदले यी कुरामा ध्यान दिनुहुनेछ । उपसभामुखलाई उप, चुप भन्ने कुरा छ । मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु । महिला सांसद हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’’

उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरेर त्यहाँका समस्या संसद्‍मा उठाउनुपर्ने बताए । 

बिहीबार १९ माघ २०७९ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया